• Sunday 4th of October 2026

ओलीलाई बोलाएर के विषयमा छलफल गरे प्रचण्डले ?


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले बोलाएपछि ओली सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार समसामयीक विषयमा नेताहरुबीच छलफल भएको छ । नेताहरुबीच झण्डै एक घण्टा छलफल चलेको थियो ।

“संसदमा रहेका विभिन्न विधेयक र आसन्न चीन भ्रमणबारे उहाँहरुबीच छलफल भएको हो”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भनेका छन्, “प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलसँग नियमित छलफल गर्दै आउनुभएको छ, आजको छलफल पनि पनि सोहीरुपमै निरन्तर हो ।”

संसदमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विचाराधिन अवस्थामा छ । जसलाई हालकै अवस्थामा अगाडि बढाउने पक्षमा एमाले छैन । प्रधानमन्त्री प्रचण्डले ओलीसँग सोही विषयमा केन्द्रीत रहेर कुराकानी गरेको बुझिएको छ ।

अर्कोतर्फ, प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको ७८ औं महासभामा भाग लिन भदौ ३० गते अमेरिकाको न्युयोर्क जाँदै छन् । प्रधानमन्त्री त्यहीँबाट उनी चीन भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीले चीन भ्रमणका एजेण्डाबारे ओलीसँग केही सुझाब पनि लिएको बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖