• Sunday 4th of October 2026

ग्लोबल छनोटमा पुग्न नेपाललाई थाईल्यान्डको चुनौतीपूर्ण लक्ष्य


  • धनकुटा खबर
  • .

थाईल्यान्डले आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा नेपाललाई फाइनलमा पुग्न १ सय ६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थाईल्यान्डले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ५ रन बनायो ।

थाईल्यान्डको लागि नानपाट खोन्चारोएनकाइले ६३ बलमा ४ चौकासहित सर्वाधिक ५९ रनको योगदान दिइन् । तीव्र गतिकी बलर कविता कुँवरले पहिलो ओभरको चोथो बलमा ओपनर सुवानान खिआटोलाई २ रनमै क्याच गराएकी थिइन् ।

त्यसपछि दोस्रो विकेटका लागि नानपाट खोन्चारोएनकाइ र नथाकन चान्थामले ६८ रनको साझेदारी गरेका थिए । चान्थम ४५ बलमा २ चौकासहित ३१ रनमा आउट भइन् ।

चानिदा ८ बलमा १ चौकासहित ११ रनमा नट आउट रहिन् । नेपालकी पुजा महतोले ३ ओभरमा २० रन खर्चेर १ विकेट लिइन् । कविता कुँवरले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर १ विकेट लिइन् । अन्य कुनैपनि बलरले विकेट लि सकेनन् । नेपालले खेलमा ७ बलर प्रयोग गरेको थियो ।

यस खेलको विजेता टोली आगमी वर्ष हुने आइसिसी महिला ग्लोबल टि२० छनोट खेल्न पाउनेछ । नेपाल थाईल्यान्डलाई हराउँदै पहिलो पटक ग्लोबल टि२० छनोटमा पुग्न चाहन्छ ।

सन् २०१३ देखी देखी सुरु भएको ग्लोबल छनोटमा नेपालले हालसम्म स्थान बनाउन सकेको छैन । नेपालको विश्वकप यात्रा एसिया छनोटमानै सिमित हुँदै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖