काठमाडौ । रौतहटमा राम–जानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि दुई अज्ञात युवाले आक्रमण गरेको खुलेको छ ।
उनीहरूले करिब ११ बजेतिर आएर मन्दिर परिसरमा बसिरहेका पुजारी साहमाथि आक्रमण गरेको रौतहट प्रहरीले जानकारी दिएको छ । ती युवाहरूले केही नबोली आर आक्रमण गरी भागेका थिए ।
आक्रमणबाट करिब ६८ वर्षीय पुजारी साहको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) कुमारशंकर गुप्ताले बताए । उनीहरूले लाठीजस्तो देखिने बस्तुले आक्रमण गरेको बताइएको छ ।
