• Sunday 29th of November 2026

काठमाडौँका मसाज सेन्टरबाट १४ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । व्यावसायिक तथा सार्वजनिक मर्यादा विपरीत गैरकानुनी क्रियाकलाप सञ्चालन गरेको आरोपमा काठमाडौँका विभिन्न स्थानबाट (मसाज सेन्टर) १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँ (भद्रकाली) बाट खटिएको प्रहरी टोलीले काठमाडौँका विभिन्न क्षेत्रमा रहेका स्पा मसा सेन्टरहरूमा चेकजाँच गर्ने क्रममा शङ्कास्पद तथा गैरकानुनी गतिविधिमा संलग्न पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा रामेछाप उमाकुण्ड गाउँपालिका–४ घर भई हाल काठमाडौँ टोखा बस्ने २९ वर्षीया पार्वती श्रेष्ठ, नुवाकोट किस्पाङ गाउँपालिका–५ घर भई काठमाडौँ तारकेश्वर बस्ने २६ वर्षीया सुबु गुरुङ, खोटाङ लिखुवा गाउँपालिका–१ घर भई काठमाडौँ नयाँ बसपार्क बस्ने २५ वर्षीया चन्द्र बस्नेत, भोजपुर रामप्रसाद राई गाउँपालिका–६ घर भई काठमाडौँ नयाँ बजार बस्ने ३० वर्षीया पार्वती खत्री, नवलपरासी घर भई काठमाडौँ असन बस्ने २० वर्षीया पूर्णिमा भोटे, काभ्रेपलान्चोक पनौती नगरपालिका–१ घर भई काठमाडौँ तारकेश्वर बस्ने २४ वर्षीया पबिना खड्का, दोलखा बैतेश्वर गाउँपालिका–७ घर भई काठमाडौँ सोह्रखुट्टे बस्ने ३१ वर्षीया अनु तामाङ रहेका छन् ।

त्यस्तै, पक्राउ पर्नेहरूमा रामेछाप घर भई ललितपुर भैँसेपाटी बस्ने २३ वर्षीया कविता मगर, रामेछाप मन्थली नगरपालिका–११ घर भई काठमाडौँ बौद्ध बस्ने २१ वर्षीया सविता बोहरा, झापा कन्काई नगरपालिका–१ घर भई काठमाडौँ बौद्ध बस्ने ३३ वर्षीया अम्बिका कार्की, नुवाकोट विदुर नगरपालिका–६ घर भई काठमाडौँ चाबहिल बस्ने २१ वर्षीया शर्मिला गिरी, धादिङ गजुरी गाउँपालिका–५ घर भई काठमाडौँ टोखा बस्ने २० वर्षीया रोसनी भुजेल, सोही ठाउँकी ३० वर्षीया मिना भुजेल र बङ्गलादेश घर भई काठमाडौँ ठमेल बस्ने ३८ वर्षीय मसुद राना रहेका छन्।

पक्राउ परेका सबैमाथि घटनाको प्रकृतिअनुसार थप छानबिन तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖