काठमाडाैं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासकाे मत पाउने बताउनुभएकाे छ ।
शुक्रबार साँझ मुख्यमन्त्रीको शपथ लिएपछि प्रदेश प्रमुखको कार्यालयमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले तोकिएको समयमा विश्वासकाे मत लिने र विश्वासको मत पाउने बताउनुभयाे । वर्तमान सरकार एक महिना नभई चार वर्ष सञ्चालन हुने मुख्यमन्त्री कार्कीकाे भनाइ थियाे ।
सबै दल एवं जनताको चाहना मध्यावधि चुनाव नहरेकाे भन्दै उहाँले आगामी ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्ने बताउनुभयाे । सबै दललाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता पनि मुख्यमन्त्री कार्कीले जनाउनुभयाे ।
प्रदेश सभामा रहेका सबै दलले सरकारलाई सहयाेग गर्ने विश्वास व्यक्त गर्दै उहाँले सबै दलकाे सहभागितामा सर्वदलीय सरकार निर्माण गर्न आफूले पहल गर्ने बताउनुभयाे ।
