• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

भारतको आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री पक्राउ


  • धनकुटा खबर
  • .

हैदाराबाद। तेलुगु देशम पार्टीका प्रमुख चन्द्रबाबु नायडू भ्रष्टाचारको आरोपमा शनिबार बिहान पक्राउ परेका छन् ।
प्रहरी अधिकारीले भने कि पूर्व मुख्यमन्त्रीलाई सीआईडीले नन्द्याला शहरको ज्ञानपुरमस्थित आरके फंक्शन हलबाट बिहान ६ बजे पक्राउ गरेको थियो। एसआईटी और सीआईडीका अधिकारीहरूका अनुसार कौशल विकास घोटाला मामिलामा चन्द्रबाबु नायडूलाई पक्राउ गरिएको हो ।
सीआईडीले चन्द्रबाबु नायडू विरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो, जसको लगत्तै उनलाई पक्राउ गरिएको थियो।

नायडूलाई पठाइएको सूचनामा, सीआडी को आर्थिक अपराध शाखा (ईओडब्ल्यू) का प्रहरी नायब उपरीक्षक एम धनुन्जुयुडुले भने, ‘तपाईलाई जानकारी छ कि तपाईंलाई आरके फंक्शन हल, ज्ञानपुरममा बिहान ६ बजे पक्राउ गरिएको छ।’ सूचना अनुसार आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्रीलाई आईपीसीको सम्बन्धित धारा अन्तर्गत पक्राउ गरिएको हो।

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडूले दुई दिनअघि आफूलाई हिरासतमा लिन सकिने बताएका थिए । करोडौं रुपैयाँ घुसखोरी र घोटाला गरेको आरोप उनी माथी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖