• Sunday 29th of November 2026

झारफुक गरेर निको पार्ने भन्दै भिडियो भाइरल भएपछि जुम्लामा ४६ वर्षीय व्यक्ति पक्राउ


  • धनकुटा खबर
  • .

जुम्ला । झारफुक गरेर निको पार्ने भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि जुम्लामा एक व्यक्ति पक्राउ परेका छन्।

जिल्लाको गुठिचौर गाउँपालिका–१ निवासी अन्दाजी १४ वर्षीया सावित्री रोकायालाई झारफुक गरी निको पार्छु भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएका सोही ठाउँका अन्दाजी ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार मंसिर १२ गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले कालीबहादुरलाई आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय जुम्ला ल्याइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖