• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

अढाई लाख बुझाएर विद्युतीय गाडी किन्न सकिने, बेस मूल्य कति?


  • धनकुटा खबर
  • .

काठमाडौं। अढाई लाख डाउन पेमेन्ट गरेर विद्युतीय गाडी ई१ किन्न सकिने भएको छ।

सेरेसका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले सेरेस ई१ को बेस भेरिएन्टको मूल्य १२ लाख ९९ हजार निर्धारण गर्न लागेको हो।

यो गाडी किन्न ग्राहकले २ लाख ५९ हजार ८ सय रुपैयाँमात्र डाउन पेमेन्ट गर्नुपर्ने छ।

यो गाडीको मूल्य केही समयपछि बढ्ने कम्पनीका एक कर्मचारीले बताए।
‘यो ब्रान्ड भर्खरै नेपालमा ल्याउन लागेकाले मूल्य सकेसम्म कम गर्न लागिएको हो। केही समयपछि यसको मूल्य बढ्छ,’ उनले भने।
आगामी भदौं २६ देखि सुरु हुन लागेको नाडा अटो शोमा सार्वजनिक हुन लागेको यो गाडीलाई हाल कम्पनीले परीक्षण गरिरहेको छ।

सेरेस ई१ दुई भेरिएन्टमा उपलब्ध हुनेछ। चार सिट क्षमताको यो गाडीमा १६.८ किलोवाट ब्याट्री र ३० किलोवाट मोटर जडान गरिएको छ भने फुलचार्जमा यसले २ सय २० किलोमिटर रेन्ज दिने छ।

त्यस्तै, १३.८ किलोवाट ब्याट्री क्षमताको ई१ मा २५ किलोवाट मोटर छ भने यसले १ सय ८० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖