• Sunday 4th of October 2026

अनलाइन ठगीबाट बच्न टेलिकमको नम्बरमा बज्न थाल्यो नयाँ रिङ ब्याक टोन


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल टेलिकमको रिङ ब्याकटोनमा अनलाइमार्फत हुने ठगीका घटनाबाट कसरी जोडिने भन्ने विषयमा तयार पारिएको सचेतना सन्देश बज्न थालेको छ । अनलाइनका विभिन्न माध्यमबाट ठगिने घटना बढ्न थालेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पहलमा मंगलबारदेखि नेपाल टेलिकमको नम्बरमा सचेतना ब्याकटोन बच्न थालेको हो ।

“फेसबुक, भाइबर, ईमो, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जालहरूको माध्यमबाट विभिन्न उपहार तथा पार्सल पठाएको, चिठ्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटीपी कोड माग्ने, डलर देखाई नेपाली पैसा साट्ने, विदेश पठाउने बोलाउने बहानामा ठगी गर्ने कार्यहरू बढिरहेकोले यस्ता झुट्टा आश्वासन र प्रलोभनयुक्त गैरकानुनी कार्यबाट सावधान रहन साथै यस्ता प्रकृतिका अपराधबाट बच्नका लागि अपरिचित व्यक्तिहरूलाई कुनै पनि किसिमका ओटीपी कोड, पिन कोड जस्ता सेक्युरिटी कोडहरू नदिनहुन अनुरोध छ,” ब्याकटोनमा भनिएको छ ।

कार्यालयका अनुसार हाल नेपाल टेलिकममा मात्र यो ब्याकटोन सुरु भएको छ । टेलिकमका लागि तयार पारेको उही ब्याकटोन एनसेलमा राख्न नमिल्ने भएकाले फरक ढङ्गले तयार पार्ने प्रक्रियामा काम भइरहेको कार्यालयले जनाएको छ ।

हाल नेपाल टेलिकमबाट नेपाल टेलिकम र एनसेलबाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा यो ब्याकटोन सुन्न सकिन्छ ।-टेकपाना

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖