• Monday 5th of October 2026

नेम्वाङको पार्थिव शरीर दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने


  • धनकुटा खबर
  • .

काठमाडौ । संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने भएको छ ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने एमालेले जनाएको छ ।

नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार राति हृदयघातका कारण निधन भएको थियो । उनको बिहीबार मात्रै अन्त्यष्टि गरिने भएको छ ।

उनको राजकीय सम्मानसाथ अन्त्यष्टि गरिनेछ भने अन्तिम संस्कारका दिन सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖