• Monday 5th of October 2026

नेम्वाङका जेठा छोरा मिङ्सो पनि आईपुगे


  • धनकुटा खबर
  • .

काठमाडौं, २७ भदौ । सुवास नेम्वाङका जेठा छोरो मिङ्सो पनि आईपुगेका छन् । उनी बेलायत थिए । बाबुको निधनको खबरपछि उनी आज स्वदेश आईपुगेका हुन् ।

सुवासका कान्छा छोरा सुहाङ पनि आज विहान आईपुगेका थिए । सुहाङ अष्ट्रेलियामा थिए । सुवास नेम्वाङको अन्तिम दाहासंस्कार भोलि पशुपतिमा गरिने भएको छ ।

उनको हृदयघातका कारण हिजो निधन भएको थियो । नेम्वाङ संविधान सभा सदस्य एवं पूर्व सभामुख हुन् ।

उनको अन्तिम संस्कारमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेको छ । उनको अन्तिम संस्कारको दिन भोलि सरकारले देशैभर सार्वजनिक विदासमेत दिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖