• Monday 5th of October 2026

आसिफले पछि पारे रोहितलाई


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले कप्तान रोहित पौडेललाई पछि पारेका छन् ।

आसिफले नेपाली टोलीका कप्तान पौडेललाई ओडिआई ब्याटिङ वरीयतामा पछि पारेका हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी) ले जारी गरेको नयाँ वरीयतामा आसिफ एक स्थान सुधार गर्दै ७४ औं स्थानमा रहेका छन् ।

आसिफ ७४ औं स्थानमा रहँदा कप्तान पौडेल एक स्थान तल झरेर ८६ औं स्थानमा छन् ।

बलिङतर्फ सन्दीप लामिछाने एक स्थान तल झरेर ३१ औं स्थानमा छन् । दीपेन्द्रसिंह ऐरीले एक स्थान वरीयता सुधार गरेर ६७ औं स्थानमा छन् ।

करण केसी ८८ औं र सोमपाल कामी ९४ औं स्थानमा छन् । ललित नारायण राजवंशी दुई स्थान सुधार गरेर ९७ औं स्थानमा छन् । नेपाल भने ओडिआई वरीयतामा १५ औं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖