• Monday 5th of October 2026

पूर्व प्रधानमन्त्री खनाल – यस्तै काम भइरहे सरकार धेरै दिन टिक्दैन


  • धनकुटा खबर
  • .

जनकपुरधाम : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारको काम कारबाही ठिक नरहेको बताउँदै धेरै दिन टिक्न नसक्ने चेतावनी दिएका छन्।

बुधबार पार्टीको महिला संगठनले आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्न जनकपुर आइपुगेका पूर्वप्रधानमन्त्री खनालले पत्रकारहरूसँग उक्त चेतावनी दिएका हुन्। ‘सरकार अब ढल्छ भनेको होइन तर यस्तै रवैया रहयो भन्ने टिक्दैन। म अहिले पनि भन्छु’‚ उनले भने।

समाजवादी मोर्चाका कारण कांग्रेस सशंकित हुनुपर्ने कारण नरहेको बताउँदै खनालले गठबन्धनलाई मोर्चाभन्दा पनि सरकारबाट जोखिम रहेको बताए।

उनले संघीयतामा धेरै विकृति र जनतालाई मन नपर्ने देखिएकाले त्यसको विषयमा समीक्षा गरी सुधार गर्न आवश्यक रहेको समेत बताए।

खनालले गौर हत्याकाण्डका सम्पूर्ण मुद्दा खारेज गरिनुपर्छ भन्ने विषयमा समाजवादी मोर्चामा कुनै छलफल हुन नसकेको पनि बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖