• Monday 5th of October 2026

पोखरेल चीन भ्रमण छोट्याएर स्वदेश फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं। संविधानसभाका अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण सो पार्टीका महासचिव शंकर पोखरेल आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फर्किएका छन्।

महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको छ।

हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेता पनि छिट्टै स्वदेश फर्कने कार्यक्रम रहेको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖