• Monday 5th of October 2026

सुन तस्करी प्रकरणमा पक्राउ परेकाहरु थप ४ दिन हिरासतमै रहने


  • धनकुटा खबर
  • .

काठमाडौं,२७ भदौ । साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन प्रकरणमा पक्राउ परेकाहरु थप ४ दिन प्रहरीको हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत काठमाडौंले आज उनीहरुलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि पछिल्लो पटक पाएको म्याद सकिएसँगै उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले म्याद थपका लागि अदालत पुर्याएकोमा बुधबार चार दिन थप भएको हो ।

सीआईबीले आफूले गरेको विस्तृत अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

सीआईबीले पक्राउ परेका ३२ जना र फरार १८ जना गरी जम्मा ५० जनालाई मुद्दा चलाउन काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । अबको तीन दिन भित्र सरकारी वकिलको कार्यालयले मुद्धा अदालतमा दर्ता गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖