• Monday 5th of October 2026

नेपाल प्रहरीको चेतावनी– स्वीकृति नदिइ हाम्रो पोशाक र सामग्री दुरुपयोग भएको भेटिए कारबाही हुन्छ


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीले आफ्नो पोशाक र सामग्री स्वीकृति नदिइ दुरुपयोग भएको भेटिए कारबाही गर्ने चेतवानी दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय नेपाली चलचित्र, टेलिचलचित्र, सांगीतिक भिडियोलगायत विभिन्न सामाजिक सञ्जाल र स्टेज कार्यक्रममा प्रहरीको पोशाक प्रयोग गर्ने गरेको पाइएकाले विनास्वृीकृत त्यसो नगर्न अनुरोध गरेको छ ।

साथै, केही व्यक्ति र समूहद्वारा प्रहरीले व्यावसायिक रुपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने गरेकाले अब यस्तो नगर्न आग्रह गरिएको छ ।

यदि अब पनि यस्ता क्रियाकलाप गरेको पाइए प्रचलित कानूनबमोजिक कारबाही गरिने केन्द्रीय प्रवक्ता कुबेर कडायतले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖