• Sunday 4th of October 2026

यी आईफोनले पाउँदै छन् आईओएस १७ अपडेट, कसरी इन्स्टल गर्ने ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आईफोन १५ सार्वजनिक गरेको केही समयमा नै एप्पलले आईओएस १७ पनि जारी गर्ने भएको छ । एप्पलको यस पछिल्लो अपरेटिङ सिस्टममा स्ट्यान्डबाइ, जर्नल एप लगायतका विभिन्न अपडेट गरिएको छ ।

तर पुराना माेडेलका आईफोनहरूले भने यो अपडेट पाउने छैनन् । अर्थात् सन् २०१७ अगाडिका आईफोनहरू छन् भने तपाईंले आईओएस अपडेट पाउनु सक्नहुन्न ।

यदि तपाईंसँग भएको आईफोन माेडेल कुन हो भनेर थाहा पाउनु भएको छैन भने तलको प्रक्रिया अपनाएर थाहा पाउन सक्नुहुन्छ:

-सेटिङमा जानुहोस् ।

-जेनेरेलमा ट्याग गरेर अबाउटमा जानुहोस् ।

-अब मोडेल नेममा जानुहोस् । त्यहाँ तपाईंले आफ्नो मोडेलको नाम देख्नुहुन्छ ।

कुन-कुन मोडलमा उपलब्ध हुन्छ आईओएस १७ ?

आईफोन ६, आईफोन ७, आईफोन ८, आईफोन ८ प्लस र आईफोन एक्समा आईओएस १७ उपलब्ध हुँदैन । आईओएस १६ देखि यी फोनहरूमा अपडेट आउन छाडेको थियो ।

एप्पलका अनुसार निम्न फोनहरूमा आईओएस १७ को अपडेट पाउन सक्नुहुन्छ:

-आईफोन एक्सएस

-आईफोन एक्सएस म्याक्स

-आईफोन एक्सआर

-आईफोन ११

-आईफोन ११ प्रो

-आईफोन ११ प्रो म्याक्स

-आईफोन १२

-आईफोन १२ मिनी

-आईफोन १२ प्रो

-आईफोन १२ प्रो म्याक्स

-आईफोन १३

-आईफोन १३ मिनी

-आईफोन १३ प्रो

-आईफोन प्रो म्याक्स

-आईफोन एसई (सेकेन्ड जेनेरेसन एन्ड लेटर)

-आईफोन १४ (प्लस सहित)

-आईफोन १४ प्रो

कसरी इन्स्टल गर्ने आईओएस १७?

आफ्नो डिभाइसले आईओएस १७ सपोर्ट गर्ने भए तपाईंसँग दुई ओटा विकल्प छन् । पहिलो सेप्टेम्बर १८ अर्थात् सोमबार पर्खने । सार्वजनिक रूपमा आईओएस १७ उपलब्ध भएपछि तपाईंले सेटिङ हुँदै सफ्टवेयर अपडेटसम्म (सेटिङ>जेनेरल>अबाउट>सफ्टवेयर अपडेट) जानु पर्ने हुन्छ । त्यहाँबाट तपाईंले इन्स्टल गर्न सक्नुहुन्छ ।

यदि तपाईंले अटो-अपडेटल ‘अन’ गर्नु भएको छ भने केही दिनमा स्वत: इन्स्टल हुन्छ ।

अर्काेतर्फ औपचारिक रुपमा जारी हुनु अगावै बेटा भर्सन इन्स्टल गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले रिलिज क्यान्डिडेट बेटा (आरसी) बेटा इन्स्टल गर्नु पर्ने हुन्छ । जुन अन्तिम भर्सनसँग करिब करिब उस्तै छ ।

यसका लागि सेटिङ>जेनेरल>अबाउट हुँदै सफ्टवेयर अपडेटमा जानुहोस् । त्यहाँ भएको बेटा अपडेटमा क्लिक गर्नुहोस् । अब त्यहाँ डेभलपर बेटा अप्सनमा क्लिक गर्नुहोस् । अब आरसी वन (RC1) अपडेट प्राप्त हुन्छ । तर बुझ्नु पर्नु पर्ने के छ भने आरसी बेटा सफ्टवेयर डेभलपमेन्टकै चरणमा हुन्छ । यसकारण यसमा विभिन्न बगहरू समेत हुन सक्छन् । यसमा भने तपाई सचेत हुन पर्छ ।

त्यस्तै अन्तिम अपटेड आफ्नो आईफोनमा इन्स्टल गर्न चाहनुहुन्छ भने बेटा अपडेटलाई बन्द गरिदिनुहाेस् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖