काठमाडौँ । भारतले एशिया कपको फाइनल अघि आफ्ना अलराउन्डर अक्सर पटेलको ठाउमा अर्का अलराउन्डर वाशिंगटन सुन्दरलाई टिममा समावेश गरेको छ ।
सुपर फोरको अन्तिम खेलमा बंगलादेशविरुद्धको खेलमा अक्सर पटेल घाइते भएका थिए । सुन्दर शनिबार साँझनै कोलम्बो पुगेर टिममा सामेल भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।
सुन्दरले पछिल्लो पटक भारतको आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा खेलेका थिए । उनले अहिलेसम्म भारतका लागि १६ एकदिवसीय खेलेका छन् जसमा २३३ रन बनाएका छन् भने १६ विकेटसमेत लिएका छन् ।
भारतले एशिया कपको फाइनलमा आज श्रीलंकाविरुद्ध खेल्दै छ । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा यो खेल नेपाली समय अनुसार ३: १५ बजेदेखि शरू हुदै छ ।
आजको खेलमा बर्षाले प्रभावित पार्न सक्ने बताइएको छ । फाइनल खेलका लागि रिजर्भ डे भएकाले आज खेल हुन नसकेमा खेल भोलि हुने छ ।
