• Monday 5th of October 2026

बिग्रिएको दुधबरी बेच्ने टिपटप समोला पसललाई महानगरले २ लाख रुपैयाँ जरिबाना तिरायाे


  • धनकुटा खबर
  • .

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले टिपटप समोसा पसललाई दुई लाख रुपैयाँ जरिबाना तिराएको छ ।

काठमाण्डाै महानगरपालिका वडा नम्बर १७ थहिटीमा रहेको टिपटप समोसा पसलमा अखाद्य वस्तु भेटिएकाे सूचना आएपछि महानगर अनुगमनमा गएको थियो । बजार अनुगमन समितिले अनुगमनका क्रममा अस्वच्छ र अखाद्य पदार्थ पाइएको भन्दै दुई लाख रुपैयाँ जरिबाना गराएको हो ।

महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेका अनुसार पसललाई दुई लाख रुपैयाँ जरिबाना तिराउनुका साथै सञ्चालक दीपकराज थपलियालाई पक्राउ गरेर केहीबेर जनसेवा प्रहरीमा राखिएको थियो । पसलमा दुधबरी बिग्रिएको पाइएको, सरसफाइमा ध्यान नदिएको, कर्मचारीको बोलीवचन नराम्रो भएकोजस्ता समस्याहरू रहेको पाण्डेले बताउनुभयो । अबदेखि गुणस्तर कायम गर्ने, दुग्धजन्य वस्तुको तापक्रम कायम गर्ने र पसलबाट बनेर बजारमा गएका सामान फिर्ता ल्याएर नष्ट गर्ने सहमति गरी पसललाई जरिबाना गराइएको उहाँको भनाइ छ ।

पसलका सञ्चालकले अबदेखि यस्तो नहुने वाचा गरेको र पुनः यस्तो भएमा हदैसम्मको कारबाही गरिने पाण्डेले बताउनुभएको छ ।

अन्तिम अपडेट: असोज १, २०८०

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖