• Sunday 4th of October 2026

एनसेलले ल्यायो नयाँ अफर


  • धनकुटा खबर
  • .

१८औं वार्षिकोत्सवको अवसरमा एनसेलले नयाँ अफर ल्याएको छ।
कम्पनीका अनुसार एनसेलका प्रत्येक ग्राहकले अब लगातार २८ दिनसम्म हरेक दिन उपहार पाउन लिन सक्नेछन्।
त्यस्तै ग्राहकले साप्ताहिक रूपमा बोनस ब्यालेन्स र बम्पर उपहारका रूपमा स्कुटर पनि प्राप्त गर्नेछन्।

एनसेल आजियाटा लिमिटेडले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार ‘हरेक दिन सरप्राइज, सबैलाई स्योर–प्राइज’ योजना घोषणा गरेको हो। यसमा सहभागी हुने प्रत्येक ग्राहकले उपहार पाउने छन्। आइतबारदेखि नै स्योर प्राइजका रूपमा ग्राहकहरुले उपहारहरू प्राप्त गर्न थालिसकेका कम्पनीले जनाएको छ।

दैनिक उपहार, साप्ताहिक र बम्पर पुरस्कार पाउन योग्य हुन *१७११७# डायल गर्नुपर्नेछ।

यो कोड डायल गरेपछि ग्राहकले बिना कुनै शुल्क एनसेलका सेवा तथा सुविधाहरू स्योर प्राइज स्वरूप प्राप्त गर्नेछन्। ग्राहकहरूलाई प्रदान गरिने उपहारहरूमा निःशुल्क डिजिटल सेवा सदस्यता, एनसेल नेटवर्कमा फोन, एसएमएसका साथै डेटा चलाउन मिल्ने ब्यालेन्स, डेटा, एनसेल अन नेट टक टाइम र एसएमएस छन्। स्योर प्राइज उपहार स्वरूप प्राप्त हुने सेवा तथा सुविधा २४ घन्टाका लागि मान्य हुनेछन्।

२८ दिनसम्म चल्ने यो योजना अवधिमा एक हजार जना ग्राहकले हरेक हप्ता सर्प्राइज स्वरूप १०० रूपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन्। योजनाको अन्त्यमा, सात जनाले बम्पर पुरस्कारका रूपमा एक–एक वटा स्कुटर जित्नेछन्।

साप्ताहिक र बम्पर पुरस्कार प्राप्त गर्न ग्राहकहरूले हप्तामा कम्तीमा एक पटक एष्ट्रिक्स१७११७ह्यास डायल गरेको हुनुपर्छ। त्यस्तै योजना अवधिभर केही न केही एनसेलका सेवा प्रयोग गरेको हुनुपर्नेछ।

सहभागी हुन चाहनेले एनसेलका बारेमा एउटा नारा पनि एनसेल एप वा वेबसाइटमा पठाउनुपर्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖