• Tuesday 6th of October 2026

कारबाही फुकुवापछि दिनेश कोइराला पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठकमा


  • धनकुटा खबर
  • .

काठमाडौं । निष्कासनको कारबाही फुकुवापछि दिनेश कोइराला पहिलो पटक कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।

साउन पहिलो साता बसेको बैठकले कोइरालाको कारबाही फुकुवा गरेपछि आजको बैठकमा सहभागी भएका हुन्।

मंसिर ४ को निर्वाचनमा गठबन्धनको सहमति विपरीत बागी उम्मेदवारी दिएपछि कोइरालालाई कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टी साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।

पार्टीले कारबाही फुकुवा गरेपछि मङ्गलवार इतर पक्षका नेता डा। शेखर कोइरालाले राखेको भेलामा पनि सहभागी भएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖