• Tuesday 6th of October 2026

होला त सहमति ? शिक्षक र सरकारबीच वार्ता जारी


  • धनकुटा खबर
  • .

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीच वार्ता जारी छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, कानूनमन्त्री धराज गुरुङ र सचिव सुरेश अधिकारीलगायत सहभागी छन् । वार्ता साँझ ७ बजेदेखि सुरू भएकाे हाे ।

आन्दोलनकारी शिक्षकहरूको नेतृत्व गरिरहेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरसहित शिक्षक संघ, संगठनका प्रतिनिधिहरू वार्तामा उपस्थित छन् ।

बुधबारदेखि विद्यालय बन्द गरेर शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । सरकारले संसद सचिवालयमा दर्ता गराएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै उनीहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖