• Sunday 4th of October 2026

आईफोन १५ किन्न भारतमा बिहान ४ बजेदेखि लाइन


  • धनकुटा खबर
  • .

नयां दिल्ली । आईफोन १५ खरिद गर्न भारतका एप्पल स्टाेरमा भिड लागेकाे छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार मानिसहरू आईफोन १५ किन्न शुक्रबार बिहानैदेखि एप्पल स्टोरमा लाम भएर लागेका छन् ।

एप्पलको बहुप्रतिक्षित आईफोन १५ सिरिज शुक्रवारदेखि एप्पल स्टोरमा उपलब्ध भएको छ । १२ सेप्टेम्बरमा सार्वजनिक भएको सो सिरिज १५ सेप्टेम्बरदेखि प्रि-अर्डरका लागि खुलाइएको थियो ।

हिन्दुस्तान टाइम्सका अनुसार बीकेसी मुम्बई, साकेट र नयाँ दिल्लीमा आईफोन १५ खरिद गर्न चाहनेहरूको लाइन थामिनस्कनुको छ । नयाँ दिल्ली सिटी वाकमा रहेको एप्पल स्टोरमा आईफोन १५ प्रो म्याक्स खरिद गर्न गएका राहुल भन्ने व्यक्तिले सञ्चार माध्यमलाई आफू बिहान चारै बजेदेखि लाइन लागेको बताए ।

“म बिहान ४ बजेदेखि लाइनमा छु,” राहुलले समाचर एजेन्सी एएनआईलाई भने, “बिहान लाइन लागेपछि बल्ल आईफोन १५ प्रो म्याक्स खरिद गर्न सकेँ ।”

आफूले त्यसभन्दा पहिले आईफोन १३ प्रो म्याक्स, १४ प्रो म्याक्स जस्ता डिभाइस प्रयोग गरिसकेकाले आईफोन १५ खरिद गर्न उत्सुक भएको उनले बताए । अहमेवादका आन नाम भएका व्यक्तिले आफू आईफोन १५ प्रो खरिद गर्न बिहीवार मात्र प्लेन चढेर दिल्ली आएको सुनाए । “छ महिनाअघि एप्पल स्टोरको उद्घाटन हुँदा पनि म आएको थिएँ,” उनले भने, “त्यसबेला टिम कुकलाई भेट्ने मौका मिलेको थियो ।”

भारतमा आईफोन १५ प्रो र १५ प्रो म्याक्समा कम्पनीले छ हजार भारू र आईफोन १५ तथा १५ प्लसमा १५ हजार भारू छुट दिएको छ । तर यो छुट पाउनका लागि प्रयोगकर्ताले एचडीएफसी बैंक कार्ड प्रयोग गरी वेबसाइटबाट खरिद गरेको हुनुपर्छ ।

भारतमा आईफोन १५ को सुरुवाती मूल्य ७९ हजार ९०० भारू, १५ प्लसको ८९ हजार ९०० भारू, १५ प्रोको एक लाख ३४ हजार ९०० भारू र १५ प्रो म्याक्सको एक लाख ५३ हजार ९०० भारू रहेको छ । त्यस्तै प्रयोगकर्ताले ईएमआईमा पनि तीन वा छ महिनामा भुक्तानी सम्पन्न गर्नेगरी खरिद गर्न सक्छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖