• Sunday 4th of October 2026

वेबसाइट बनाउन चाहनेका लागि एक महिनासम्म निःशुल्क जाभास्क्रिप्ट तालिम हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । वेबसाइट बनाउन आवश्यक पर्ने जाभास्क्रिप्टको एक महिने निःशुल्क तालिम सुरु भएको छ । वेब डेभलपर सरोज दाहालले वेबसाइट बनाउन इच्छुक व्यक्तिलाई लक्षित गर्दै यस्ताे तालिम सञ्चालन गरेका हुन् ।

गत सोमवारदेखि सुरु भएको यो तालिममा प्रशिक्षक दाहालले शनिबारबाहेक हरेक दिन साँझ ६ बजेदेखि एक घण्टा युट्यब च्यानल ‘एभ्रिडे कर्म’ Everyday Karma) मा लाइभ आएर जाभास्क्रिप्टका विभिन्न पक्षबारे सहजीकरण गरिरहेका छन् ।

“मैले यसअघि रियाक्ट जेएस, नोड जेएस लगायतका कोर्ष सिकाएको थिएँ,” दाहालले भने, “अब वेबसाइट डेभलपमेन्टमा उपयुक्त हुने जाभास्क्रिप्ट सिकाउँदै छु ।” युट्युबबाट अनलाइन कोर्ष सिकाउने भए पनि सो क्लास पहिल्यै रेकर्ड गरिएको हुनेछैन ।

दाहालले प्रत्यक्ष सबै सामग्री राखेर लाइभमा कमेन्ट गर्ने व्यक्तिहरूको प्रतिक्रिया बुझ्दै त्यही अनुसार क्लास अगाडि बढाइरहेको बताए । यदि यसअघि कोर्ष छुटेको छ भने सोही युट्युब च्यानलबाट रेकर्डेड सामग्री हेर्न सकिनेछ ।

सहभागीले आफूलाई लागेका जिज्ञासा हरेक दिन हुने क्लासमा कमेन्ट गरेर सोध्न सक्नेछन् । वेबसाइट डेभलपमेन्टमा रुचि हुने जोकोहीले यो कोर्ष अध्ययन गर्न सक्ने उनले बताए ।

एचटीएमएल, सीएसएसबारे आधारभूत जानकारी भएका व्यक्तिले जाभास्क्रिप्ट काेर्ष चाँडै गर्न सक्ने दाहालको भनाइ छ । युट्युबमा ‘एभ्रिडे कर्म’ (Everyday Karma) सर्च गरेर वा सोझै यहाँ क्लिक गरेर अनलाइक क्लासका रेकर्डेड भिडिओमा पहुँच पाउन सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖