• Monday 5th of October 2026

पारसले सन्दीपलाई एसियाड खेल्न मनाए, आज चीन उड्दै


  • धनकुटा खबर
  • .

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीनतर्फ प्रस्थान गर्ने भएका छन् । उनको साढे १२ बजेको फ्लाइट छ ।

तीन दिनअघि नै नेपाली टीम एसियाडका लागि प्रस्थान गर्दा सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो ।

उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए । तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो ।

पाारसले सन्दीपलाई उनको सरोकारका विषयहरू सम्बोधन गर्न आफूले सक्दो कोसिस गर्ने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖