• Monday 5th of October 2026

नेपाली पब्जी टिम एसियाली खेलकुदको दोस्रो चरणमा


  • धनकुटा खबर
  • .

एसियाली खेलकुदअन्तर्गत इस्पोर्ट्सको पिस एलिटको रुपमा रहेको पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ।

आज चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा पुगेको हो।

समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो भयो। समूहमा शीर्ष स्थान दक्षिण कोरियाले हात पार्‍यो।

नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ थियो। नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो।

अब नेपालले दोस्रो चरणमा भोलि समूहमा प्रतिस्पर्धा गर्नेछ। त्यहाँबाट उत्कृष्ट आठ टिम तेस्रो चरणमा प्रवेश गर्नेछन्।

पहिलो चरणमा समूह ‘ए’ बाट हङकङ, ‘बी’ बाट चाइनिज ताइपेई, ‘सी’ बाट दक्षिण कोरिया र नेपाल तथा ‘डी’बाट इन्डोनेसिया दोस्रो चरणमा छन्। वरीयताका आधारमा यसअघि नै चीनसहित चार देश दोस्रो दोस्रो चरणमा पुगेका छन्।

अब आज समूहबाट सिधै दोस्रो चरणमा पुग्न नसकेका ११ टिमबीचको प्रतिस्पर्धाबाट ७ टिम अन्तिम १६ मा पुग्नेछन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖