• Sunday 4th of October 2026

१८० दिनका लागि अन्तरिक्ष गएका रुबियो ३७१ दिनपछि पृथ्वीमा फर्किए


  • धनकुटा खबर
  • .

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अन्तरिक्ष यात्री फ्रैन्क रुबियो ३७१ दिनपछि पृथ्वीमा फर्केका छन् ।

अन्तरिक्षमा सबैभन्दा धेरै दिन बिताउने अमेरिकी बनेका उनीसँगै अरु दुई रुसी अन्तरिक्ष यात्री पनि फर्केका छन् ।

रुबियो १८० दिन मात्र बस्ने गरी अन्तरिक्षमा गएका थिए । तर उनको यान अन्तरिक्षमै केही चिज (स्पेस जंक) सँग ठोक्कियो । जसले गर्दा उनको यानमा केही खराबी आयो र उनको यात्रा लम्बियो ।

अन्तरिक्षमा धेरै दिन बिताएका कारण उनी पृथ्वीमा फर्केपछि उनको हेरचाहका लागि एउटा रिकभरी टिम तयारी अवस्थामा थियो । गुरुत्वाकर्षण नै नभएको ठाउँमा लामो समय बसेका कारणा पृथ्वीमा फर्केका कारण उनको शरीरमा असर परेका कारण उनलाई रिकभरी टिमले यानबाट बाहिर निकालेको थियो ।

उनको यो यात्राबाट धेरै महत्वपूर्ण जानकारी मिल्ने अनुमान वैज्ञानिकहरुले गरेका छन् । मानव शरीर कसरी लामो समयसम्म अन्तरिक्षमा रहन सक्छ, मांशपेशी, मस्तिष्क तथा पाचन प्रणालीमा के कस्ता असर परेका छन् भन्ने बारेमा जानकारी मिल्ने उनीहरुको आकलन छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖