• Tuesday 6th of October 2026

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकार र आन्दोलनरत डाक्टरहरुबीच सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टरहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न ठाउँमा डाक्टरमाथि आक्रमण भएपछि सुरक्षाको प्रत्याभूति माग गर्दै डाक्टरहरुले आन्दोलन घोषणा गरेका थिए ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा सरकारी टोली र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रतिनिधिबीच शनिबार वार्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖