• Tuesday 6th of October 2026

अचानक कांग्रेस सभापति देउवाको स्वास्थ्यमा समस्या,के भयो ?


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अस्वस्थ भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी तीन दिनदेखि घरमै आराम गरेर बसेका छन् ।

रुघाखोकीले ग्रस्त देउवा यतिवेला टन्सिल र ज्वरोबाट पनि ग्रस्त छन् । कांग्रेस नेता मीन विश्वकर्माले जनाएअनुसार सभापति देउवाले अहिले राजनीतिक भेटघाट बन्द गरेका छन् ।

अरु अवस्था भने नर्मल नै रहेको नेता विश्वकर्माको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖