• Sunday 4th of October 2026

गर्भमा छोरा या छोरी भएमा यस्ता संकेत देखिन्छन्


  • धनकुटा खबर
  • .

काठमाडौं – कुनै एक महिला गर्भवती हुनु सम्पूर्ण परिवारको लागी खुशिको पल बन्छ । घरमा आउने नयाँ सदस्यलाई लिएर अनेकौं सपना बुन्न थाल्दछन्। त्यो शिशु छोरा या छोरी के होला सबको मनमा कौतोहलता सुरु हुन्छ ।

प्रकृतिले मनुष्यको लिङ्ग निर्धारण गरेको हुन्छ । वास्तवमा, शिशुको जन्म भन्दा पहिले लिंग पत्ता लगाउनु भारत लगायत केहि देशमा अपराध जस्तै मानिन्छ । उनीहरुको कानूनले कुनै पनि टेक्नोलोजी वा मेशिनको सहायताले जन्म भन्दा पहिले भ्रुणको लिङ्ग परीक्षणको लागि अनुमति दिँदैन। केहि व्यक्तिले लक्षणका आधारमा शिशुको लिङ्गकोअनुमान लगाउन सकिन्छ ।

छोरा वा छोरीको जन्म कसरी हुन्छ ?
जीवविज्ञान अनुसार दुई प्रकारका सेक्स क्रोमोजोम महिला र पुरुषमा पाइन्छन्। महिला अंडाशयमा एक्स एक्स क्रोमोजोम हुन्छ र पुरुष शुक्राणुमा एक्स वाई क्रोमोजोम हुन्छ। एक्स एक्स क्रोमोजोमले छोरी र एक्स वाई क्रोमोजोमले छोराको निर्धारण गर्दछ। जब पुरुष शुक्राणुको वाई क्रोमोजोम, महिला अंडाशयको एक्स क्रोमोजोम संग मिलन हुन्छ,एस्तो अवस्थामा छोरा जन्मन्छ। त्यस्तै गरी, यदि पुरुष शुक्राणुको एक्स क्रोमोजोम, महिला अण्डाशयको एक्स क्रोमोजोम संग मिलन भए छोरी जन्मन्छ।

गर्भमा हुर्किएको भुण्र छोरा हो या छोरी १०० प्रतिशत सही अनुमान गर्न सकिदैन। मानिसहरूले केहि यस्ता लक्षणहरूको आधारमा गर्भमा के छ भन्ने अनुमान लगाइरहेका हुन्छन् ।

गर्भमा छोरा भएमा देखिने केहि लक्षणहरु

पेटको आकार
गर्भवती महिलाको पेट भारी र तलतिर झुकेको भए गर्भमा छोरा भएको अनुमान लगाउने गरेको पाइन्छ ।
छाला परिवर्तन
गर्भावस्थामा छाला परिवर्तन सामान्य मानिन्छ । तरपनि गर्भमा छोरा छ भने गर्भवती महिलाको अनुहारमा दाना र दागहरू बढी देखिन्छन्। यस बाहेक, गर्भवती महिलाको अनुहार सुकेको जस्तो देखिन्छ भन्ने विश्वास गरिन्छ ।
स्तनको आकारमा बदलाव
गर्भावस्थामा, महिलाको शरीरमा हार्मोनको कारण धेरै परिवर्तन हुन्छन्। यस समयमा, महिलाको स्तनको आकार बढ्छ, जसले उनलाई स्तनपानको लागि तयार तुल्याउँछ। यो अवस्थामा दुबै स्तनको आकारमा अलिक फरक हुन्छ। यदि दायाँ स्तन ठूलो, बायाँ स्तन भन्दा भारी भए गर्भमा छोरा भएको लक्षण मानिन्छ।

चिसो खुट्टा र खस्रो हात
गर्भावस्थामा खुट्टा चिसो र सुख्खा तथा खस्रो हातहरू हुनु भनेको गर्भमा छोरा हुनुको संकेत मानिन्छ ।
चटपटीदार खानाहरु खान मन लाग्ने
गर्भावस्थामा धेरै प्रकारका चीजहरू खाने इच्छा हुन्छ । तर मसलादार र नुनिलो खाने कुराको बढी इच्छा भएमा छोरा हुने संकेतको रुपमा लिईन्छ ।
मुटुको धडकन
एक भुण्रको मुटु एक मिनेटमा लगभग १४० चोटि धड्कंछ । यदि भुण्रको मुटु एक मिनेटमा १४० भन्दा कम पटक धड्किएमा गर्भको छोरा भएको लक्षण मानिन्छ।

गर्भमा छोरी भएको संकेत
मुटुको तिब्र धड्कन
गर्भमा भएको छोरीको धड्कन, छोराको भन्दा छिटो हुन्छ। यदि अल्ट्रासाउन्ड स्क्यानले बच्चाको मुटु १४० पटक भन्दा बढी धड्किएको देखाउँछ भने, यो गर्भमा छोरी रहेको लक्षण रुपमा लिइन्छ।
अधिक वाकवाकी हुनु
अन्वेषकहरुका अनुसार बिहान अत्यधिक वाकवाकी भएमा ,गर्भावस्थामा छोरी भएको अनुमान लगाउन सकिन्छ।

पेटको आकार
गर्भवतीको पेट गोलाकार र गर्भवती हुँदा माथि उठेको भएमा गर्भमा छोरी हुनुको संकेत मानिन्छ।
मुड परिवर्तन
गर्भमा छोरी छँदा महिलाको मुड परिवर्तन हुन्छ। रिस, चिडचिड, तनाव र उदासिनताका भावनाहरू अधिक देखिन्छन्।
स्तन आकारमा परिवर्तन
गर्भावस्थामा स्तन ध्यानपूर्वक हेरे बच्चाको लिङ्ग जान्न मद्दत पुर्‍याउँछ। देब्रे स्तनको आकार दायाँ स्तन भन्दा ठूलो भए गर्भमा छोरी हुनुको लक्षण मानिन्छ।

लसुनद्वारा परीक्षण

गर्भवती महिलाले लसुन खाँदा शरीरको गन्ध परिवर्तन नभएमा गर्भमा छोरी भएको अनुमान लगाइन्छ । वास्तवमा, जब छोरा गर्भमा हुन्छ, शरीरको कपाल गन्हाउन थाल्छ।
मीठा चीजहरू खाने इच्छा
यदि कुनै गर्भवती महिलाले अचानक मीठो चीजहरू (मिठाइ, चकलेट आदि) खाने इच्छा गर्न थाले गर्भमा एउटी छोरी भएको लक्षण मानिन्छ ।-महिला स्वास्थ्य

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖