काठमाडौं । योगराज ढकाल ‘रिगल’को कैद मिनाहाविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् । कैद मिनाह गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन सर्वोच्च पुगेकी उनी अदालत परिसरमा ढलेकी हुन् ।
उनलाई प्रहरीले उठाएर केहीबेर बेञ्चमा राखेपछि अस्पताल पठाएको छ । उनलाई अहिले उपचारका लागि वीर अस्पतालमा लगिएको छ ।
श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाह भएपछि भारती न्याय माग्दै काठमाडौं आएकी थिइन् । भारतीले बुधबारदेखि रिले अनसन थालेकी थिइन् ।
