• Tuesday 6th of October 2026

सर्पले डस्दा बहिनीको मृत्यु, दिदी गम्भीर


  • धनकुटा खबर
  • .

कपिलवस्तुमा सर्पले डस्दा बहिनीको मृत्यु भएको छ भने दिदिको अवस्था गम्भिर रहेको छ । बाणगंगा नगरपालिका– ९ भलवाडका ३ वर्षीया रितिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो । घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतिलाल क्षेत्रीले बताए ।

उपचारका क्रममा रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्र बहादुर रानाले जानकारी दिए । इशिकाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सर्पले डसेको थाहा पाए पछि दुवैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो । अचेत अवस्थामा रहेकाले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको सर्पदंश उपचार केन्द्रमा वातावरणीय व्यवस्थापक नवीन भण्डारीले बताए । एक जनाको कान र अर्कोको हातमा सर्पले डसेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖