• Tuesday 6th of October 2026

यस्तो छ माओवादी सचिव आचार्यको स्वास्थ्य अवस्था


  • धनकुटा खबर
  • .

काठमाडौँ । पक्षघातका भएका माओवादी केन्द्रका केन्द्रीय सचिव एवं सुदूरपश्चिम इन्चार्ज डिलाराम आचार्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् । आचार्यमा मुटुसम्बन्धी पुरानो समस्या भएकाले न्युरो र मुटुसम्बन्धी एकसाथ उपचार भइरहेको कार्यकारी निर्देशक सन्तोष पौडेलले जानकारी दिए ।

‘उहाँमा मुटुसम्बन्धी पुरानो समस्या रहेछ । पक्षघात भएपछि दुवै समस्यालाई डाक्टरले एकसाथ हेरेका छन् । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ’, उनले भने, ‘अहिले औषधिको माध्यमबाट ब्लड प्रेसर नियन्त्रण गर्ने काम भएकाले सन्तुलनमा आएपछि थेरापी प्रक्रियाबाट उपचार गरिनेछ ।’ उनलाई सामान्य अवस्थामा फर्किने भने समय लाग्ने पौडेलले बताए ।

तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत मङ्गलवार अछामको साँफेबगर पुगेका आचार्यको बुधवार बिहान पक्षघात भएको थियो । अछामको बयलपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई सेनाको हेलिकप्टरमा नेपालगन्जको कोहलपुर ल्याइएको थियो ।

मेडिकल कलेजमा उपचार सम्भव नभएपछि आचार्यलाई डेढ घण्टाअघि वीर अस्पताल भर्ना गरिएको माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । आकस्मिक कक्षमा उपचारपछि अहिले उनलाई १०४ नम्बर वार्डमा राखिएको उपाध्यायले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖