• Tuesday 6th of October 2026

प्रधानमन्त्रीद्वारा आकस्मिक बैठक आह्वान


  • धनकुटा खबर
  • .

काठमाडौँ । मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्प, त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।

बिहीबार बिहान प्रधानमन्त्रीले बोलाएको बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुनेछ।

बैठक बस्नुपूर्व बुधबार दिउँसो प्रधानमन्त्रीले बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरू बोलाएर भूकम्पको क्षति र त्यसपछिको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖