• Tuesday 6th of October 2026

उदयपुरमा नक्कली बाउ खडा गरी भुटानी नागरिकलाई नागरिक्ता, जनप्रतिनिधिनै संलग्न रहेको हुन सक्ने


  • धनकुटा खबर
  • .

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ का स्थानिय जनप्रतिनिधिकै संलग्नता रहने गरी भुटानी नागरिकलाई नेपाली नागरिक्ता प्रदान गरिएको तथ्य उदयपुरमा सार्वजनिक भएको छ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ का स्थानिय राजन भन्ने धन बहादुर कार्कीकोमा विगत ७/८ बर्ष देखि बसोबास गर्दै आएकी एक महिलालाई स्थानिय वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय उदयपुरले २०८० बैशाख ४ गते नागरिक्ता प्रदान गरेको थियो ।

भुटानी नागरिक भनिएकी ती महिलालाई जिल्ला प्रशासन कार्यालयले माया मगर (कार्की) नामबाट १४–०१–८०–०००७१ नम्बरको नागरिक्ता प्रदान गरेको थियो । स्थानियले भुटानी नागरिक भनेर जानेको र सुनिको ती महिला स्थानिय धन बहादुर कार्कीको बसोबास गर्दै आएकी थिईन् ।
भुटानी नागरिकलाई नक्कली प्रमाणको आधारमा नागरिक्ता प्रदान गरेको थाहा पाए पछि त्रियुगा नगरपालिका वडा नम्बर ७ का स्थानिय एक व्यक्तिले जिल्ला प्रशासन कार्यालय उदयपुरमा आवश्यक छानविन गरि कारवाहि गर्नका लागि निवेदन समेत दिएका छन् ।

ती महिलालाई नागरिक्ता दिलाउनको लागि उदयपुरगढी गाउँपालिका ७ का स्थानिय चित्र बहादुर मगरलाई नक्कली बाउ खडा गरि स्थानिय वडाबाट जन्मदर्ता बनाईएको स्रोतको दाबी छ । चित्र बहादुर मगरलाई आर्थिक प्रलोवनमा पारेर नक्कली नागरिक्ता दिलाउनका लागि सक्रिय गिरोहले चित्र बहादुरलाई नक्कली बाउ बनेर जन्मदर्ता बनाईदिन आग्रह गरेको बुझिएको छ ।

उदयपुरगढी गाउँपालिका ७ का तत्कालिन वडा सचिव खिलराज कार्कीले चित्र बहादुर मगरले आफ्नो छोरी दाबी गर्दै आए पछि छोरीनै होला भनेर आफुहरुले जन्मदर्ता बनाईदिएको बताए । यता त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अम्बर बहादुर दनुवार र नागरिक्ता सिफारिस गर्ने समयका तत्कालिन कार्यवहाक वडाअध्यक्ष प्रेम कार्कीकै संलग्नतामा भुटानी नागरिकलाई नागरिक्ता सिफारिस गर्न उद्दत रहेको भन्दै स्थानियले आवश्यक कारवाहिको लागि जिल्ला प्रशासनमा उजुरी गरेका हुन् । गैर नागरिकलाई नागरिक्ता दिलाउनका लागि जन्मदर्ता दिलाउने देखि नागरिक्ता सिफारिस गर्ने सम्म जनप्रतिनिधि सहितको गिरोह सक्रिय रहेको स्थानियको आसंका रहेको छ ।

यता जिल्ला प्रशासन कार्यालयमा स्थानियले गैर नागरिकलाई नागरिक्ता दिईएको बिषयमा उजुरी परे पछि आवश्यक अनुसन्धान भैरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनु भयो । प्रशासनले भुटानी नागरिक भनिएकी ती महिला संग रहेको नागरिक्ता समेत जफथ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रजिअ गौतमले जानकारी दिनु भयो । हामी यस बिषयमा आवश्यक अनुसन्धान गरेर बास्तविकता भए दोषी पहिचान गरि कारवाहिको दायरामा ल्याउछौ प्रजिअ गौतमले उपहार संग बताउनु भयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖