• Wednesday 7th of October 2026

कोशीको एमाले संसदीय दल बैठक बस्दै


  • धनकुटा खबर
  • .

विराटनगर । कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक बस्दै छ । १ बजेदेखि सुरु हुने सदनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु अगाडि एमाले संसदीय दलको बैठक डाकेका हुन् ।

बैठक बस्ने तयारी भइरहेको एमाले सम्सदिय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको आज ३० दिन पुग्दैछ ।

तर, अहिलेसम्मको राजनीतिक समीकरणमा कार्कीले विश्वासको मत पाउने अवस्था देखिएको छैन् । एमालेसँग उपसभामुखसहित प्रदेश सभामा ४० सदस्य छन । सभामुख पद रिक्त रहेको अवस्थामा उपसभामुखलले सभा चलाउँदा ३९ जना एमालेका प्रदेश सभा सदस्यले मात्रै विश्वासको मत दिन पाउनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖