• Wednesday 7th of October 2026

बागमती किनारमा मृत भेटिए २० वर्षीय युवक


  • धनकुटा खबर
  • .

काठमाडौंको बागमती किनारमा एक जना युवक मृत भेटिएका छन्।
बुधबार बिहान सवा ६ बजे काठमाडौं महानगरपालिका-३१ बानेश्वर तरकारी बजार अगाडि बागमती किनारमा झाडीमा युवक मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

मृत भेटिएका युवक काठमाडौंको बालाजु गोलढुंगा घर भई शंखमुलमा बस्ने २० वर्षीय विकास महरा रहेको ढुंगेलले जानकारी दिए।
उनको शव घोप्टो परेको अवस्थामा भेटिएको हो।

‘शव फेला परेको’ भन्ने सूचनापछि प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतको टोली खटिएको थियो।

घटनास्थलबाट प्रयोग भएको सिरिञ्ज पनि बरामद भएको एसपी ढुंगेलले बताए।

प्रारम्भिक अनुसन्धानबाट शरीरमा अन्य चोट नदेखिएको प्रहरीले जनाएको छ। घटनास्थलबाट प्रहरीले मृतकको फोन पनि बरामद गरेको छ।
घटनास्थलको मुचुल्का गरी शव पोष्टमर्टमका लागि आज बिहान साढे ८ बजे महाराजगंजस्थित शिक्षण अस्पताल पठाएको छ। मृत्युको कारण पोष्टमर्टमको रिपोर्टबाट खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖