• Wednesday 7th of October 2026

काठमाडौंको रिस झापामा फेरे प्रसाँईले महेश बस्नेतलाई


  • धनकुटा खबर
  • .

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाँईलाई काठमाडौंमा केहिदिन अगाडी गरेको आक्रमणको जवाफ झापामा महेश बस्नेतको कार्यक्रममा फर्काएका छन् ।

झापामा बस्नेत सहभागी एक कार्यक्रममा एमाले कार्यकर्ताको गाडी प्रसाई र पहिचानवादी समूहले तोडफोड गरिदिएका छन् ।

बिहीबार झापाको अर्जुनधारामा एमाले कार्यकर्ताको गाडी फुटाइएको हो । एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रम चलिरहेको बेला पार्किङमा राखिएको गाडी फुटाइएको थियो ।

पहिचानवादीसँग दुर्गा प्रसाईँ समूहका युवाहरु मिसिएर राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनस्थलका गाडी तोडफोड गरिदिएका छन् । कार्यक्रममा अवरोध प्रयास समेत गरिएको थियो । गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेको प्रहरीले जनाएको छ ।-ओबी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖