• Wednesday 7th of October 2026

इजरायलबाट २५३ नेपालीलाई लिएर उड्यो जहाज, राति १:३० बजे काठमाडौं आइपुग्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । इजरायलमा रहेका दुई सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज उडेको छ।

इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।
परराष्ट्र मन्त्री एनपी साउद नेपाली विद्यार्थी लिन इजरायल पुगेका थिए।
मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार दुई सय ५३ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको जहाज नेपालका लागि उडेको छ।

आज राति १:३० बजे जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

इजरायलमा चार हजार पाँच सय जना नेपाली कामदार (केयर गिभर) छन्। उनीहरू सुरक्षित छन्।

दुई सय ६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖