• Sunday 29th of November 2026

नेपाली भूमिमा भारतीय प्रधानमन्त्रीको प्रवेश, सरकार मुकदर्शक


  • धनकुटा खबर
  • .

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भूभागमा प्रवेश गरी मानसरोवर तीथार्टनमा गएका छन् ।

उनले दार्चुला जिल्लाको नेपाली भूमि व्यास गाउँपालिका अन्तर्गतका गाउँ हुँदै मानसरोवर पुगेका हुन्।

उनको नेपाली भूमिमा आगमन बारे सरकारले कुनै जानकारी नगराइएको बताएको छ । यस बारेमा परराष्ट्र मन्त्रालय बेखबर बनेको छ ।

दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री मोदीको प्रवेश बारे कुनै जानकारी नदिएको बताइन ।

उनले अनौपचारिक माध्यमबाट आफूले जानकारी पाएको बताउँदै अन्य सरकारी निकायबाट खबर प्राप्त नगरेको बताइन् ।

उनले डिसी नेपालसँग भनिन्, ‘नेपाली भूमिको प्रयोग गरी मानसरोवर जान लागेको स्थानीय मार्फत खबर पाएका छौं तर अन्य निकायबाट यस बारेमा आधिकारिक जानकारी आएको छैन।’

यस विषयमा परराष्ट्र मन्त्रालयको जानकारी लिन खोज्दा मन्त्रालयका अधिकारीहरु सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖