• Wednesday 7th of October 2026

आज शोक मनाउन सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

वीरगञ्ज । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाले निवर्तमान मेयर डा. कृष्णा प्रसाद पौडेलको निधनमा शोक मनाउन शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाका प्रथम मेयरसमेत रहेका पौडेलको बिहीबार आफ्नै घरमा मृत भेटिएका थिए ।

उपमहानगरपालिकाका मेयर राजन पौडेलले शुक्रवार बिहान एउटा सूचना जारी गर्दै पौडेलको निधनमा शोक मनाउन शुक्रवार बिदा दिने निर्णय भएको जनाएका छन् ।

उपमहानगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय र शिक्षण संस्थाहरूमा शुक्रवार शोक बिदा दिने निर्णय भएको पौडेलद्वारा जारी सूचनामा लेखिएको छ ।

पौडेलको निधन प्रति दुःख व्यक्त गर्दै मेयर पौडेलले उपमहानगरपालिकालाई अपूरणीय क्षति भएको बताएका छन् ।

नेकपा एमालेको मधेस प्रदेश सचिवसमेत रहेका पौडेल बिहीबार साँझ आफ्नै घरको सुत्ने कोठामा घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए । घरमा एक्लै भएको बेला पौडेल मृत भेटिएपछि पुगेको प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याइएको छ ।

पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र पौडेलको मृत्युको कारण खुल्ने बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖