• Wednesday 7th of October 2026

प्रदेशको काम छैन भन्नेलाई गतिलो जवाफ दिनु पर्ने छ : भक्तकुमारी लामा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले प्रदेश काम छैन भन्नेलाई गतिलो जवाफ दिनु पर्ने बताउनुभएको ।

नेकपा एमाले रामेछापले वाग्मती प्रदेश कमिटीका पदाधिकारी तथा रामेछापबाट निर्वाचित प्रदेश कमिटीका नेताहरूलाई बधाई दिन शुक्रबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै लामाले अहिले संघीयता आवश्यक छैन भन्ने कोणबाट कुरा उठेकोले त्यसको व्यवहारबाटै जवाफ दिनु पर्ने बताउनुभयो ।

लामाले संघीयता आवश्यक छैन भन्ने भ्रम नेकपा एमालेले मात्र चिर्न सक्ने बताउनुभयो । संघीयता ल्याउन एमालेले आन्दोलन गरेको कारण संघीय शासन व्यवस्था प्रति सबैभन्दा धेरै माया पनि नेकपा एमालेलाई भएको उहाँले प्रष्ट पार्नुभयो ।

कार्यक्रममा बोल्दै लामाले एमालेको नव निर्वाचित प्रदेश कमिटीले संघीयता र प्रदेशको आवश्यकता र महत्त्व पुष्टि गरेर देखाउने उहाँले बताउनुभयो । ‘प्रदेशको महत्त्व हामी पुष्टि गरेर देखाउँछौँ’, उहाँले भन्नुभयो ।

वाग्मती प्रदेश कमिटीमा केही गरौँ भन्ने पोख्त टिम आएकोले वाग्मती प्रदेशको पार्टी राजनीतिलाई उठाउने उहाँले दाबी गर्नुभयो । त्यसको लागि सबैलाई सहयोग गर्न उहाँले अनुरोध पनि गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖