• Wednesday 7th of October 2026

दुर्घटना लगत्तै मनाङ एयरको हेलिकप्टरमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौं, असोज २७ । रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको नाइन एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना लगत्तै हेलिकप्टरमा आगलागी भएको छ। सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

आज बिहान ७ः१३ मिनेट हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले बताएका छन्।

पाइटल पिके सेढाइ मात्र रहेको उक्त हेलिकप्टर ‘अवतरणका क्रममा दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिएका छन।

पाइटल पिके सेढाइ सुरक्षित रहेको बताइएको छ। उनलाई फिस्टेलको हेलिकप्टरले लुक्ला हुँदै काठमाडौको ह्याम्स हस्पिटल ल्याइँदैछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖