• Wednesday 7th of October 2026

हेलिकप्टर दुर्घटनामा घाइते पाइलट सेढाईँको अवस्था गम्भीर, भारत लैजाने तयारी


  • धनकुटा खबर
  • .

काठमाण्डौ – सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईँको अवस्था गम्भीर रहेको ह्याम्स अस्पतालले जनाएको छ ।

अस्पतालले विज्ञप्ति निकालेर उहाँको अवस्था गम्भीर रहेको र परिवार तथा एअलाइन्ससँगको सल्लाहमा थप उपचारको लागि आजै भारतको मुम्बई लैजाने तयारी भएको जनाएको छ ।

पाइलट सेढाईँको मुखको भाग र हातखुट्टा लगायत शरिरको ४५ देखि ५० प्रतिशतसम्म भाग जलेको अस्पतालले जनाएको छ । यस्तै उहाँको फोक्सो, मेरुदण्डको हड्डी र मृगौलामा पनि समस्या रहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो । हेलिकप्टरमा पाइलट सेढाईँ मात्र हुनुहुन्थ्यो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖