• Wednesday 7th of October 2026

सेनामा माओवादी पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन : शेखर कोइराला


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको बताएका छन् । आइतबार विहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले नेपाली सेना सधैं राजनीतिबाटट अलग रहेको बताए ।

नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन, उनले लेखेका छन् ।

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने कोइरालाको भनाइ छ । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖