• Thursday 8th of October 2026

कार्कीलाई ओलीले भने – राजनीति हो, राम्रो काम गर्नू


  • धनकुटा खबर
  • .

२८ आसोज, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली निवास बालकोट पुगेका हुन् ।

केदार कार्कीसँगै ओली निवास बालकोट पुगेका पुरञ्जन आचार्यले केपी शर्मा ओली हतारमा भएका कारण धेरै गफ हुन नपाएको बताए ।

केपी ओली अन्यत्र निस्कन लागेका बेला पुगेका कारण एक/दुई मिनेट सामान्य कुराकानी भएको उनले बताए । ‘हामी ढिलो पुग्यौं,’ उनले भने, ‘उभिएर कुराकानी भयो ।’

उनका अनुसार कार्कीले ओलीलाई सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । ओलीले राम्रो काम गर्न सुझाव दिएका थिए । ‘उहाँले राजनीति हो, राम्रै काम गर्नु भन्नुभयो,’ उनले भने, ‘केदार कार्कीले सहयोगका लागि धन्यवाद भने, लेट पुगेका कारण उभिउभी कुराकानी भयो ।’

भेटका क्रममा मुख्यमन्त्री बनाउन सहयोग गरेको भन्दै उनले ओलीलाई धन्यवाद दिएका छन् ।

शनिबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण भएका कार्की कांग्रेस नेता शेखर कोइरालालाई यसअघि नै भेटिसकेका थिए ।

कार्कीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । विद्रोही समूहका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा शनिबार उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री कार्कीले आजै आफूलाई सहयोग गर्ने एमाले र कांग्रेसका विद्रोही समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖