• Thursday 8th of October 2026

दशैंमा भारतबाट फर्किनेहरुका लागि सीमा नाकामा रास्वपाको हेल्पडेस्क


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकामा ‘हेल्पडेस्क’ सञ्चालन गरेको छ ।

रोजगारीका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली दशैं मनाउन स्वदेश फर्किने क्रम सुरु भएपछि सीमा नाकामा हेल्पडेस्क राखिएको रास्वपाले जनाएको हो ।

दशैं मनाउन फर्किएकालाई आवश्यक सहयोग र समन्वय गर्न नाकामा पानी पिउने सुविधासहित ‘हेल्पडेस्क’ सञ्चालन गरिएको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖