• Sunday 4th of October 2026

माफी माग्दासमेत प्रहार भएपछि उषाले लेखिन् : राजेश हमालका फ्यान यति निच हुन सक्दैनन्


  • धनकुटा खबर
  • .

एउटा कमेडी टेलिभिजन शो मा गएर राजेश हमाललाई ओभररेटेड एक्टर भनेपछि राजेश हमालका फ्यान उषा रजकप्रति खनिए।

आफूमाथि प्रहार भएको देखेपछि उषाले माफी पनि मागिन्। तर यतिले पनि सामाजिक सञ्जालका फ्यानलाई चित्त बुझेको छैन। उनीमाथि निरन्तर प्रहार भइरहेको उषा स्वयंले पोस्टमा खुलासा गरेकी छिन्।

यो क्रम यति गाढा भएछ कि उषाले फेरि एउटा पोस्ट राख्दै सामाजिक सञ्जालमा सधैँ हाँस्ने आफू खुब रोएकी बताएकी छिन्। त्योसँगै उनले आफूले बोलेको कुरा कति गलत हो र पाउनु पर्ने सजाय कति हो भन्दै, राजेश हमालका फ्यानलाई प्रश्न गरेकी छिन्।

उनले लेखेकी छिन्, ‘राजेश हमालका फ्यान यति निच हुनै सक्दैनन्।’

उनले पोस्टमा थप लेखेकी छिन् ‘हो, बिराएँ शायद। प्रश्न मैले त्यस्तो के भनेँ र, नेपाली दाजुभाइ म माथि यसरी खानिनु भयो। शब्द यस्तो प्रयोग भयो कि, कहिले नसुनेको नीच शब्दहरुको अर्थ बुझ्न गुगल गर्नुपर्यो। पढ्नु हुन्न थियो कमेन्ट, तर दर्शकसँग सधैं एकै तहमा सम्बन्ध राख्न रुचाउँछु। राजेश दाइको फ्यान यस्तो निच हुन सक्दैनन्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖