• Thursday 8th of October 2026

महेश बस्नेतले दिए कोशीका मुख्यमन्त्री कार्कीलाई शुभकामना


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिएका छन् ।

सत्ता गठबन्धनमा विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की मूल्य मान्यता र गठबन्धनको भावना अनुसार अगाडि बढेको भन्दै बस्नेतले कार्यकाल सफलताका शुभकामना दिएका हुन् ।

‘कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर ३ सदस्यीय मन्त्रिमण्डल बनाउनु भएको छ । र आजै प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । मूल्य मान्यता र गठबन्धनको भावना अनुसार अगाडि बढेकोमा हार्दिक शुभकामना,’– बस्नेतले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖