• Wednesday 7th of October 2026

कांग्रेस महाधिवेशन : श्यामकृष्ण खड्गीले उम्मेदवारी फिर्ता नलिने


  • धनकुटा खबर
  • .

काठमाडौँ। श्यामकृष्ण खड्गीले सभापति पदबाट उम्मेदवारी फिर्ता नलिने भएका छन्।

बुधबार उनले आफ्नो उम्मेदवारी कायमै रहने बताएका हुन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भाेलि निर्वाचन हुँदैछ।

‘मैले उम्मेदवारी फिर्ता लिन्नँ। लोकतान्त्रिक प्रक्रियामा प्रतिस्पर्धामा भाग लिन्छु,’उनले भने।

यससँगै सभापतिमा गगन थापा र खड्गीबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । अहिलेसम्म अन्तिम नामावली प्रकाशित भने भएको छैन।

यसअघि किशाेरसिंह राठाैरले उम्मेदवारी फिर्ता लिँदै गगन थापालाई सहयाेग गर्ने बताइसकेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖